‘गीतसङ्गीतबिना फिल्म अधुरो’
काठमाडाैं | असोज १२, २०७९
काठमाडौं । वरिष्ठ कलाकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति हरिहर शर्माले नेपाली कलाको क्षेत्रमा गीत सङ्गीतको महत्वपूर्ण स्थान रहेको बताउनुभयो । नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा यहाँ आयोजित कार्यक्रममा उहाँले गीतसङ्गीतबिना फिल्म अधुरो रहेको बताउनुभएको हो ।
“गीतसङ्गीत भिडियोमा होस् या फिल्ममा उत्तिकै महत्वपूर्ण छ । हामी कहाँ दर्शकसम्म पुग्ने सशक्त माध्यम गीतसङ्गीत नै हो । यसैको महत्व छुट्टै छ”, उहाँले भन्नुभयो । साथै उहाँले कलाका विभिन्न विधालाई एकीकृत गर्नुपर्ने आवश्यकता महसुस गरेको बताउनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकको परिचय र पहिचान स्थापित गर्दै उनीहरुको हकहितमा काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाली म्युजिक भिडियोका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने तीन जना निर्देशकलाई सम्मान प्रदान गर्दै संरक्षक तथा सल्लाहकार र साधारण सदस्यलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।
म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र सङ्गीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पु¥याएको योगदानस्वरुप विशिष्ट सम्मान गरिएको हो । सो अवसरमा समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकार वरिष्ठ गायक, सङ्गीतकार, गीतकार, लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसङ्गीत तथा चलचित्रका डिजिटल प्रवद्र्ध्क ओम प्रकाश अग्रवाल, निर्देशक एवं कोरियोग्राफर शिव विक र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
फिल्म र गीतसङ्गीतको प्रवद्र्धन गर्न इभेन्ट हुने
सूर्य कर्पोरेशनले विदेशी भूमिमा नेपाली फिल्म र गीतसङ्गीतलाई समेटेर अवार्ड गर्ने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा कर्पोरेशनका अध्यक्ष वासुदेव लामिछानेले अष्ट्रेलिया र अन्य देशमा कार्यक्रम हुने जानकारी दिनुभयो । अध्यक्ष लामिछानेले नेपाली फिल्म र गीतसङ्गीतको प्रवद्र्धन गर्न इभेन्ट आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले कार्यक्रम यही वर्षदेखि २०२३ को अन्त्यसम्ममा सम्पन्न हुने बताउनुभयो । “हामीले कलाकारसँग सम्झौता गर्दा नै दुई वर्षको समय भनेका छौँ । हामी अन्य नेपाली फिल्म र गीतसङ्गीतको कार्यक्रम हुने विदेशी स्थानमा कार्यक्रम गर्दैछौँ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा गायक प्रशान्त तामाङ, कमल खत्री गायिका मिलन नेवार, समीक्षा अधिकारी, मेलिना मैनाली, हास्यकलाकार सन्दिप क्षेत्री, अभिनेत्री नम्रता सापकोटा, अभिनेता तथा मोडल प्रशान्त ताम्राकार र गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराई सहभागी हुनुहुनेछ ।
हास्यकलाकार सन्दीप क्षेत्रीले यो टीमसँग सुरुवाती समय देखि नै जोडिएकोले कार्यक्रम राम्रो हुने बताउनुभयो । “मलाई व्यावसायिक पाटो त थाहा छैन । यद्यपि नेपाली गीतसङ्गीतको लागि उहाँहरुले गरिरहनुभएको मेहनत प्रशंसनीय छ । यसपटक पुराना अनुभवले अझैँ परिपक्व हुनेमा विश्वत छु”, कलाकार क्षेत्रीले भन्नुभयो । साकुरा नाइट, सूर्य फिल्म अवार्ड लगायतको कार्यक्रम जापानमा यस अगाडि नै अध्यक्ष लामिछानेले गरिसक्नु भएको जनाइएको छ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

